काठमाडौं । भारतको दिल्लीमा सन् २०१२ मा भएको सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चारै जना दोषीलाई आज फासी दिइएको छ । उनीहरूलाई आज बिहानै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान साढे ५ बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो ।
लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए । हत्यारालाई मृत्युदण्ड दिइएपछि निर्भयाका आमा बुबाले धन्यवाद दिनुभएको छ । मृत्युदण्डको भारतीय महिला आयोगका सदस्य लगाएत धेरै व्यक्तिहरूले स्वागत गरेका छन् ।
दोषी ठहरिएका ती चार पुरुषले क्षमादानको लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतले अस्वीकार गरिदिएका थिए । २३ वर्षका निर्भया नाम दिइएकी ती युवतिमाथि सात वर्षअघि भएको हिंसात्मक आक्रमणको विरोधमा भारतभरि प्रदर्शनकहरू भएको थियो ।
त्यसपछि भारतमा बलात्कार रोकथाम गर्ने कानुन कडा तुल्याउँदै सजायपनि बढाइएको छ ।
आमाबुवाद्वारा सन्तोष प्रकट
आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड दिइएपछि निर्भया नामले चिनाइएकी पीडित महिलाका आमाबुवाले थोरै सन्तोषको सास फेरेको सङ्केत दिएका छन्। निर्भयाकी आमाले सबै सहयोगीलाई धन्यवाद दिनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६, ०८:३६