काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ। आज शुक्रबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ।
प्रतिनीधिसभाको बैठक यसअघि नै चैत १३ सम्मका लागि यसअघि नै स्थगित गरिसकेको छ । छलफल गरेर अकोृ सूचना जाी नभएसम्मका लागि स्थगित गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ ।
न्यायपालिका पनि बन्द
न्यायपालिका पनि दुई साता बन्द गर्ने निर्णय भएको छ । देशभरका सबै अदालत र न्यायाधिकरणहरु चैत २२ गतेसम्म बन्द गर्ने सर्बोच्च अदालत फुल बेन्चको निर्णय गरेको अदालतले जनाएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाई हुने छ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६, १२:४७