काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भित्रिन नदिन सरकारले भोलिदेखि १ हप्ताका लागि भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । निर्णयअनुसार भोलि बिहान १० बजेबाट एक साताका लागि नाका बन्द गर्न गृह मन्त्रालयले मातहतका निकायलाई परिपत्र गर्ने एक मन्त्रीले सीआईएनसँग बताए ।
भारतमा कोरोनाको सङ्क्रमण दर बढेपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव गरेको भए पनि भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन भने जनस्तरबाट नाका बन्द गर्नका लागि सरकारमाथि दवाव परेको थियो।
कोरोना सङ्क्रमणविरुद्ध लड्न केन्द्रीय राहत कोष स्थापना गर्ने निर्णय पनि भएको छ । मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६, २०:५१