काठमाडौँ । कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट आजसम्म विश्वभर साढे ३ लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । १४ हजारभन्दा धेरैले ज्यान गुमाउनुपरेको छ भने करिब १ लाख नागरिक कोभिड १९ को उपचारपछि निको भएका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित बनेको इटालीमा करिब ५ हजार नेपाली रहेको अनुमान छ । अहिलेसम्म त्यहाँ रहेका नेपाली कोभिड–१९ बाट सङ्क्रमित छैनन् । तर इटालीबाट नेपालले सिक्नुपर्ने पाठचाहिँ महत्वपूर्ण छ ।
इटालीको रोममा रहेका एकजना नेपाली यशस्वी शाहीले इटलीको सरकारले भनेअनुसारको सावधानी त्यहाँका नागरिकले नअपनाउँदा कोभिड १९ ले धेरैको मृत्यु भएको बताउनुभयो ।
स्पेनमा कोभिड–१९ बाट २५ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १३ सय भन्दा बढीको मृत्यु हुँदा २१ सय भन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । जर्मनीमा पनि सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार नाघेको छ ।
‘लक डाउन सुरु भएको समयमा पनि मान्छेहरू भेटघाटमा गइरहे, सरकारले भनेको सुनेनन् । पार्कमा मानिसहरू गइरहे । त्यसकारण पनि कोभिड १९ फैलियो ।’ शाहीले भन्नुभयो ।
इटालीमा हालसम्म ५३ हजारभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित हुँदा चार हजार आठ सय २५ जनाको मृत्यु भएको छ, ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् । अमेरिकामा २६ हजार नौ सय मानिस सङ्क्रमित हुँदा तीन सय ४८ जनाले ज्यान गुमाएका छन् ।
निको भएर घर फर्किनेको सङ्ख्या एक सय ७८ छ । अमेरिकामा दुई लाख ५० हजार नेपाली छन् । टेक्सासबाट रमेश अधिकारीले भन्नुभयो, ‘ग्यास स्टेशनलगायतका दैनिक उपभोग्य सामग्रीसँग जोडिएका स्थान खुला छन् । हिजो मात्र सैलुन, व्युटिपार्लरलगायतका अरु थप सार्वजनिक स्थल बन्द गर्न निर्देशन दिइएको छ ।’ सरकारले जमघटमा रोक लगाएको र सचेत रहन भनेको अधिकारीले बताउनुभयो ।
स्पेनमा कोभिड–१९ बाट २५ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १३ सय भन्दा बढीको मृत्यु हुँदा २१ सय भन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । जर्मनीमा पनि सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार नाघेको छ ।
छिमेकी मुलुक भारत कोभिड १९ का कारण दक्षिण एसियामा सबैभन्दा धेरै व्यक्तिको मृत्यु हुने मुलुक बनेको छ । हालसम्म त्यहाँ ८ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमण नफैलियोस् भन्न भारत सरकारले रेल र बस सेवा बन्द गरेको छ ।
जर्मनीको पछिल्लो अवस्थाबारे पत्रकार दीपक धितालले भन्नुभयो । ‘घरबाट बाहिर ननिस्कन सूचना जारी गरिएको छ । यहाँका जनताले राज्यको निर्देशन आफ्नै लागि हो भनेर उल्लङ्घन गरेका छैनन् । बायनम्युनिखमा लकडाउन गरिएको छ ।’ उल्लङ्घन भएमा २५ हजार यूरो जरिमाना र दुई वर्ष जेल सजाय गरिने त्यहाँको सरकारले चेतावनी दिएको छ ।
‘होटल, रेष्टुरेन्ट तथा कलकारखाना बन्द गरिएका छन् । अत्यावश्यक सेवाहरू चलिरहेका छन् । घरबाटै गर्न सकिने काम घरैबाट गर्न दिइएको छ । दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन पनि गरिएको छ ।’ धितालले थप्नुभयो ।
युरोपका अरु देश र एसियाका नेपाली बाहुल्य देशमा पनि कोभिड–१९ को सङ्क्रमण देखिएको छ । खाडी क्षेत्रमा रहेका नेपाली उनीहरू कार्यरत कम्पनी बन्द हुँदा कामविहीन बनेका छन् ।
कुवेतबाट कोमल अधिकारीले भन्नुभयो, ‘कोरोनाको कारणले गर्दा कतिपय कम्पनीले गत महिनाको तलब नदिएको र यो महिनाको पनि दिन वा नदिने भन्ने टुङ्गो छैन । यसले केही समस्यामा परिएला कि भन्ने चिन्ता छाएको छ ।
‘भीडभाड, जमघटमा यहाँ नागरिक जाँदैनन् । सरसफाइमा ध्यान दिन्छन् र घरैबाट काम गर्ने परिपाटीको विकास भएको छ । यसले पनि कोभिड १९ का कारण क्षति कम भएको जस्तो लाग्छ ।’ उहाँले सुनाउनुभयो ।
कोभिड–१९ बाट प्रभावित दक्षिण कोरिया र जापानमा करिब डेढ लाख नेपाली बस्छन् । जापानले अपनाएको सुरक्षा सतर्कताले सङ्क्रमणको जोखिम कम गराएको बताउनुहुन्छ खान्गावा प्रान्तको योकोहामाबाट संगिता कुँवर ।
‘इरान र इटालीमा कोभिड १९ का कारण ज्यान गुमाउनेको सङ्ख्या धेरै देखिएको तर तुलनात्मक रूपमा जापानमा यो सङ्ख्या न्यून देखिन्छ ।’ जापानमा बसोबास गर्नेहरूको पूर्व तयारी, नियम पालना गर्ने बानी नै यसको मुख्य कारण रहेको कुवँरको भनाइ छ ।
‘भीडभाड, जमघटमा यहाँ नागरिक जाँदैनन् । सरसफाइमा ध्यान दिन्छन् र घरैबाट काम गर्ने परिपाटीको विकास भएको छ । यसले पनि कोभिड १९ का कारण क्षति कम भएको जस्तो लाग्छ ।’ उहाँले सुनाउनुभयो ।
छिमेकी मुलुक भारत कोभिड १९ का कारण दक्षिण एसियामा सबैभन्दा धेरै व्यक्तिको मृत्यु हुने मुलुक बनेको छ । हालसम्म त्यहाँ ७ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमण नफैलियोस् भन्न भारत सरकारले रेल र बस सेवा बन्द गरेको छ ।
हिजो (आइतबार) जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर निस्कन दिइएको थिएन । कोभिड–१९ सँग लड्न विभिन्न देशले अपनायका सावधानी नेपाल र नेपालीका लागि महत्वपूर्ण हुनेछ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६, १७:३८