काठमाडौँ । नेपालमा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले दिएको जानकारी अनुसार नेपालमा तेस्रो व्यक्तिमा कोरोनामा भाइरसको सङ्क्रमण देखिएको हो ।
खाडी मुलुकबाट आएका एक युवामा सङ्क्रमण देखिएको हो । सूचना अधिकारी गुप्ताले उनी कुन जहाजबाट नेपाल आए भन्ने खुलेको छैन । ती युवाको अहिले टेकु अस्पतालको आइसोलेनसमा उपचार भइरहेको छ ।
यसअघि गत आइतबार फ्रान्सबाट आएकी एक १९ वर्षीय युवतीमा कोरोना देखिएको थियो। त्यसअघि एक युवामा पनि कोरोना भाइरस भएको पुष्टि भए पनि उनी उपचारपछि निको भइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६, १३:१०