काठमाडौं । नेपालका आर्का एकजनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी बागलुङकी एक २२ वर्षीया युवतीमा सङ्क्रमण पुष्टि भएको हो । ती युवतीलाई बाग्लुङकै अस्पतालमा राखेर उपचार गरिने जनाइएको छ ।
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी ती युवतिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमितको संख्या पाँच पुगेको छ ।
अहिले सङ्क्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको सङ्क्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६, १६:४४