कोरोना भाइरस ( कोभिड १९) को महामारी विश्वव्यापी रुपमा फैलिरहेको छ । यसले सम्पूर्ण मानव जनजीवनलाई निक्कै गम्भीर असर तथा प्रभाव पारिरहेको प्रति फियान नेपालको ध्यानआर्कषण भएको छ र चिन्तित समेत वनाएको छ । सर्वप्रथम, यस संकटको अवस्थावाट मुलुकलाई जोगाउन र संक्रमणलाई रोक्नका लागि नेपाल सरकारले देशव्यापीरुपमा गरेको लकडाउन र सो को पालना गरि घरमै वसिरहेका सम्पूर्ण जनताहरुको प्रशंसा गर्न चाहन्छौ । यस विशेष संकटको घडिमा देश र जनताको जीवन रक्ष र सुरक्षार्थ क्रियाशील सवै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीप्रति हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौ ।
कोरोना भाईरसको संन्त्रासको यस्तो विशिष्ट परिस्थिीतिमा कोरोना भाईरस वाहेकका अन्य विरामी परेका जनताले सरकारी र निजी स्वास्थ्य संस्थावाट उपचार सेवा लिन नसक्ने अवस्थाको सृजना भएको छ । यसका साथै तमाम दीर्घरोगीहरु जसले नियमित अस्पतालको सेवा लिनुपर्ने हुन्छ वहाँहरु यो अवस्थावाट नराम्ररी प्रभावित हुनसक्ने सम्भावनालाई ध्यान दिई अत्यावश्यक स्वास्थ्य सेवा र औषधिको व्यवस्था गर्नका लागि नेपाल सरकार र सम्वन्धित सरोकारवाला सवैलाई आग्रह गर्दछौ ।
लकडाउनको अवधि पनि अहिलेको अवस्था हेर्दा अनिश्चित वन्दै गईरहेको परिपेक्ष्यमा हिड्डुल गर्न नहुने अवस्थामा दैनिक उपभोग्य सामाग्रीको उत्पादन र आपूर्तिको व्यवस्थापन पनि जटिल वन्न थालेको छ । अत्यावश्यक सामाग्रीको सुलभ उपलब्धतता नभएको परिपेक्ष्यमा र असमान्य अवस्थाको अनुचित फाईदा उठाउदै तरकारी र खाद्यान्नको मुल्य वृद्धि हुन नदिन पनि प्रभावकारी अनुगमन र कडा कारवाहीको अनिवार्य व्यवस्था गरिनुपर्ने देखिएकोले सो को सहज र सुलभ वातावरण मिलाउन सरकारलाई अपील गर्दछौ र निजी क्षेत्रलाई समेत जिम्मेवार वन्न आग्रह गर्दछौ ।
लकडाउनको स्थितिमा दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने अति विपन्न, कमजोर आर्थिक अवस्थामा रहेका भूमिहीन गरिव परिवारजन झनै नराम्ररी प्रभावित हुन गैरहेका छन । यस्तो विषम परिस्थीतिमा गरिवी, भोकमरी र कमजोर आर्थिक अवस्था तथा संकटमा रहेका व्यक्तीहरुको जीवन रक्षाका लागि निम्नतम आधारभुत आवश्यक्ताहरु खाद्यान्न र स्वास्थ्य लगायतका अति आवश्यक सामाग्रीको परिपूर्तिको व्यवस्था गर्नका लागि विशेष राहत प्याकेजको घोषणा गर्न पनि सरकारसंग हार्दिक अनुरोध गर्दछौ ।
फियान नेपाल, कोरोना भाईरसको नियन्त्रण, प्रभाव न्यूनिकरण र राहत कार्यमा सहयोग पुर्याउन र खासगरि अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्तिमा सहयोग गर्न अन्तराष्टीय समुदाय, दातृ निकाय, सवै गैर सरकारी संघ संस्थाहरु र नागरिक संगठनलाई हार्दिक आह्वन गर्दछ । यस कार्यमा उपरोक्त निकायहरुसंग र तीनै तहका सरकार, दातृ निकाय र सरोकारवालाहरुसंग सहकार्य गर्नका लागि फियान नेपाल तयार रहेको समेत जानकारी गराउन चाहन्छौ ।
अन्तमा नेपाल सरकारले कोभिड १९ को रोकथाम एवं नियन्त्रणका लागि चालेका कदम प्रति पुनः ऐक्यवद्धता जनाउदै यस चुनौतीपूर्ण घडीमा फियान नेपाल र यसका सम्पूर्ण सदस्यहरु यो अभियानमा सहयोगी रहने विश्वास दिलाउन चाहन्छ र पुनः कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेका निर्देशनको पालना गर्न, घरभित्र रहन, हल्लाको पछि नलागेर धैर्य रहन तथा आफु र आफ्नो परिवारको स्वास्थ्यको समेत ख्याल गर्न सवैमा हार्दिक अनुरोध गर्दछौ ।
फियान नेपाल
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६, १०:३०