काठमामाडौं । सरकारले लकडाउनको अवधि कम्तिमा एक हप्ता लम्ब्याउने भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निस्कर्ष निकालेको छ । तर कति दिन भन्ने टुंगो लगाएको छैन ।
मन्त्रिपरिषद बैठक आज दिउँसो चार बजे बोलाइएको छ । यसअघि सरकारले चैत १० गतेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।
कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६, १६:२०