पर्वत । कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक मेडिकल उपकरण र सामग्री पर्वत अस्पतालमा आइपुगेका छन् ।
स्वास्थ्य सेवा विभागको खोप शाखामार्फत पर्वत अस्पतालमा स्वास्थ्य सामग्री आइपुगेका हुन् । खोप सेवा विभागका प्रमुख डा. झलक शर्मा गौतमले आज बिहान पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडी र निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशीर देबकोटालाई सामग्री हस्तान्तरण गर्नुभएको छ ।
पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार ५० थान पीपीईलगायत सामग्रीहरु पर्वत आइपुगेका हुन् । प्रर्सनलल प्रोटेक्ट इक्यूपमेण्टका ५० थान सामग्री पर्वत आएको डा. देवकोटाले जानकारी दिनुभयो ।
सङक्रमणको सम्भावना भएकाहरुको स्वाब परीक्षणका लागि र्याल निकाल्नका लागि अस्पतालमा पीपीईको अभाव हुँदै आएको थियो ।
सङ्क्रमणको सम्भावना भएको कोरोना अस्पतालमा भर्ना भएकाहरुलाई उपचार गर्न समेत सुरक्षाका साधन नहु्ँदा चिकित्सकले समस्या वेहोर्दै आइरहेका थिए ।
५० थान पीपीई यथेष्ट नभए पनि हालका लागि केही राहत मिलेको चिकित्सकहरुको भना छ । कोरोना अस्पतालका लागि बाँकी इक्यूपमेण्टहरुको भने अभाव रहदै आएको छ । भेन्टिलेटर खरिद प्रक्रिया भने रोकिएको छ ।
अक्सिजन र अरु सामग्रीहरु समेत खरिद गर्न आर्थिक समस्या परेको अस्पताल स्रोतले जानकारी दिएको छ । स्थानीय तहहरुले यथेष्ट रकम विनियोजन गर्न नसक्दा कोरोना अस्पताललाई सुविधासम्पन्न बनाउन समस्या भइरहेको चिकित्सकहरु बताउँछन् ।
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६, १२:००