काठमाडौं । कोरोना भाइरस सङ्क्रमितसँगै आएका यात्रुहरु खोज्न प्रहरीलाई हम्मे परेको छ । लकडाउन हुनुभन्दा केही दिनअघि मात्रै विदेशबाट आएका चारजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । ती चारजनासँगै हवाई जहाजमा आएका बाँकी को को थिए प्रहरीले पत्ता लगाउन सकेको छैन ।
तीन फरक–फरक विमानमा आएका ४ सय ५८ यात्रुमध्ये १ सय ५६ जनामात्रै सम्पर्कमा आएको प्रहरी प्रवक्ता उमेशराज जोशीले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार सबैजना आफ्नो स्थायी ठेगानमा पुगि नसकेकाले पनि खोज्न समस्या भएको छ ।
सङ्क्रमितसँगै विमानमा आएका ३ सय २ यात्रु अहिले पनि सम्पर्क बाहिर छन्। सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखिएको र बाँकी खोजी भइरहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।
दोस्रो र पाँचौं संक्रमित एउटै विमानमा र बाँकी फरक फरक विमानमा नेपाल आएका थिए । ‘कतिपयको राहदानीको ठेगानाभन्दा अन्यत्रै बसाइँ सरेकाका छन’ प्रहरी प्रवक्ता जोशीले भन्नुभयो, ‘झापा खोज्न गायो, काठमाडौंमा मैतिदेवी, घट्टेकुलोमा डेरामा भन्ने खबर आउँछ त्यहाँ पुग्ना पनि भेटिदैनन । ’
विदेशबाट आएका यात्रु कम्तिमा ४० जिल्लाका भएको पाइएको छ । ४४ जनाको अझै ठेगाना खुलेको छैन ।
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६, १४:४३