काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बालवालिका सुरक्षित रहेको देखिएको छ । दक्षिण एसिया र नेपालमा बालवालिकामा जोखिम कम रहेको अनुसन्धानबाट देखिएको छ । भर्खर प्राप्त एउटा अनुसन्धानले भनेको छ कि क्षयरोग बिरुद्ध बीसीजी (BCG) खोप दिएका बालबालिका कोरोना संक्रमणबाट सुरक्षित हुने बताएको छ । युरोप, अस्ट्रेलिया जस्ता बिकसित देशमा क्षय रोग नहुने हुँदा त्यहाँका बालबालिकालाई बीसीजी (BCG) को खोप दिइएको हुँदैन ।
दक्षिण एसियामा जन्मने बित्तिकै वा १ महिनाभित्र बीसीजी (BCG) खोप सबैलाई दिइन्छ । नेपालसहितका यी देशका बालबालिकालाई कोरोना संक्रमण देखिएको छैन । यहि अनुसन्धानको आधारमा अस्ट्रेलियाका ४ हजार चिकित्सक तथा नर्सलाई बीसीजी (BCG) खोप दिन सुरु गरिएको छ |
नेपालमा सबै बच्चालाई जन्मने बित्तिकै बीसीजी (BCG) खोप सबैलाई अनिबार्य रुपमा दिने गरिन्छ । नेपालमा अहिलेको युवा पुस्ताले पनि त्यो खोप बालवालिका भएका बेला लिइसकेको छ । यसको बिस्तृत विवरण
हिन्दुस्तान टाइम्समा उल्लेख गरिएको छ | बीसीजी (BCG) खोपको कारण हामी नेपाली ( बै उमेरका ) सुरक्षित छौं भन्न मिल्छ ।
हिन्दुस्थान टाइम्सले खेलेका खबर अनुसार अहिलेसम्मको तथ्यांक अनुसार जन्मदेखि ९ बर्षसम्मका बच्चा पूर्ण सुरक्षित छन् | बच्चाको लागि कोरोना संक्रमण र यसबाट हुने मृत्युप्रति चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले जानकारी दिनभयो । 'धेरै जसो अभिभावक आफ्ना बालबालिकाप्रति धेरै चिन्तित छन् , यो जरुरी छैन' डा. पाण्डेले भन्नुभयो, त्यस्तै १० – १९ बर्षका बालबालिकाको मृत्युदर नगन्य अर्थात ०.२ % मात्र रहेको छ, यो नगन्य हो ।'