काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ पुगेको छ । दोहाबाट काठमाडौँको विमानमा यात्रा गरेका अर्का एकजना नेपालीमा पनि नोबेल कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । यसअघि पनि दोहाबाट काठमाडौँको जहाजमा यात्रा गरेका केहीलाई कोरोना भएको पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज दिउँसो प्रवक्ता देवकोटाले नेपालमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या ६ पुगेको जानकारी दिनुभयो ।
कोभिड १९ का अर्का सङ्क्रमित भेटिएको जानकारी दिए पनि कहाँका र कुन उमेर समूहका व्यक्तिमा देखियो भन्ने विस्तृत विववरण दिइएको छैन ।
यसअघि बागलुङकी एक १९ वर्षीय युवतीमा पनि कोभिड १९ देखिएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६, १६:२७