काठमाडौँ । नेपालमा भेटिएका छैठौँ कोरोना सङ्क्रमित बागलुङका एक वृद्ध महिला भएको खुलेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोना सङ्क्रमण भएको पुष्टि भएका व्यक्ति बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको जानकारी दिनुभयो ।
धौलागिरि अस्पताल बागलुङका निमित्त सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले पनि नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमण देखिएका छैटौँ व्यक्ति बागलुङ नगरपालिका ३ की वृद्ध महिला भएको सीआईएनसँग बताउनुभयो ।
उनी नेपालको दोस्रो कोरोना सङ्क्रमित काठमाडौँकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएको पाइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६, १७:४१