काठमाडौँ । नेपालमा हाल सानाठूला गरी चार लाख परिवार, गाई र भैँसी पालनमा आवद्ध छन् । तर लकडाउनका कारण किसानले सहजै दूध बिक्री गर्न पाएका छैनन् । जसका कारण दैनिक करोडौँ रुपैंयाँमा घाटा भइरहेको किसानको गुनासो छ ।
काठमाडौँ । रुपन्देहीको तिलोत्तमाका व्यासायिक गाईपालक किसान शशिधर पौडेलको व्यस्तता अहिले घटेको छ । गोठमा पाँच सय गाई छन् । ‘मिठाइ दोकानहरू पनि बन्द भए ।
अहिले पनि बन्द छन् र हामीले नयाँ ग्राहक बनाउन सकेनौँ । नसकेपछि दूध दुहेर गाईलाई खुवायौँ ।’ पौडेलले दुखेसो पोख्नुभयो ।
दिनमा १२ सय लिटर दूध उत्पादन हुन्छ । दूध दुनुहुन्छ बजार लैजानुहुन्न । तिनै गाईलाई खुवाउनु हुन्छ । दैनिक डेढ लाख घाटा सहनुपरेको उहाँको भनाइ छ ।
करिब ६ लाख लिटर दूधचाहिँ सहकारीमार्फत सङ्कलन भएको दूध खेर गइरहेको अवस्था रहेको सङ्घका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । तर किसानहरू भन्छन, बजार बन्द भएकाले तत्काल त्यो सम्भव छैन ।
५० प्रतिशत घाटा हुँदै आएकोमा कुनै पनि उत्पादन बिक्री गर्न नपाउँदा भने एक सय प्रतिशत नै घाटा हुने उहाँको भनाइ रहेको छ । सवा लाखदेखि डेढ लाख रुपैयाँसम्म दैनिक घाटा हुने गरेको छ ।
लकडाउनका कारण दूध बिक्री गर्न मात्रै होइन, गाईभैँसीका लागि आवश्यक दाना किन्नसमेत समस्या छ । खाना नपाएपछि गाईले दूध कम दिन थालेका छन् ।
सामान्य अवस्थामा नेपालमा दैनिक आठ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । तर दूध बिक्रीमा सहजता नहुँदा अहिले दिनकै ३ करोडको हाराहारीमा घाटा छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष नारायणप्रसाद देवकोटाले किसानले उत्पादन गरेको र उपभोक्ताले नपाएको अवस्था रहेको बताउनुभयो ।
उपभोक्ताको घरसम्म पुर्याउन समस्या भएको किसान र बिक्रेताहरू बताउँछन् । दैनिक ४ लाख लिटरभन्दा बढी दूध खेर जाँदा ३ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरिरहेका किसान सरकारसँग राहातको अपेक्षा गरिरहेका छन् ।
करिब ६ लाख लिटर दूधचाहिँ सहकारीमार्फत सङ्कलन भएको दूध खेर भइरहेको अवस्था रहेको सङ्घका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।
उत्पादित दूधबाट विभिन्न खाद्य सामग्री, पाउडर बनाउन सकिथ्यो । तर किसानहरू भन्छन, बजार बन्द भएकाले तत्काल त्यो सम्भव छैन ।
पहिलो दूध सङ्कलन गर्ने केन्दलाई दूधबाट पाउडर बनाउने काममा लगाउने सकिने सम्भावना कति छ ? यही प्रश्न हामीले दुग्ध विकास संस्थानका महानिर्देशक रुद्रप्रसाद पौडेललाई सोधेका थियौँ ।
जवाफमा पौडेलले भन्नुभयो, ‘चितवन मिल्क पाउडर प्लान्ट छ, तुरुन्तै त्यसलाई हामीले प्रभावकारी रूपमा सञ्चालन गर्ने सोचेका छौँ । पोखरामा एउटा पाउडर प्लान्ट छ, त्यसलाई चलाउने विचार गरेका छौँ ।’ आगामी योजना बारे उहाँले थप्नुभयो, ‘डीडीसीको आफ्नै पाउडर प्लान्ट छ, त्यो पनि चलीरहेको छ । यति भएमा धेरै हदसम्म समस्या समाधान हुन्छ ।’
सरकारले भनेअनुसार लक डाउनको समयमा पनि दूध बोकेको गाडी चलाउन कुनै छेकबार छैन । तर, उपभोक्ताको घरसम्म पुर्याउन समस्या भएको किसान र बिक्रेताहरू बताउँछन् । दैनिक ४ लाख लिटरभन्दा बढी दूध खेर जाँदा ३ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरिरहेका किसान सरकारसँग राहातको अपेक्षा गरिरहेका छन् ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६, १५:११