काठमाडौँ । आज अन्तरराष्ट्रिय पर्वतीय दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
द माउन्टेन फाउन्डेसन नेपाल, खाद्य सुरक्षा तथा जलवायु न्यायको लागि अन्तराष्ट्रिय मञ्च, नेपाली सिभिल सोसाइटी माउन्टेन इनिसिएटिभ र किर्डाक-नेपालले आज दिवसका अवसरमा एक कार्यक्रम गरेर पर्वतीय सम्मेलन (माउण्टेन एड्भोकेसी समिट २०२२) गर्ने घोषणा गरेको छ ।
पर्वतीय क्षेत्रको जैविक विविधता, हिमालको हिउ, पानीको स्रोत, सभ्यताको उद्गमस्थलको संरक्षण र पर्यटन विकासका लागि सम्मेलन गर्न लागिएको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं सम्मेलनका आयोजक मध्येका एक मीनबहादुर शाहीले जानकारी दिनुभयो ।
मुस्ताङ्गको टुकुचे हिमालमा गएको हिम पहिरोले सबैको गम्भीर रूपमा ध्यान केन्द्रित गरेको हुनाले सम्मेलन मुस्ताङ्गमा गर्न लागिएको क्रिडाकका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले बताउनुभयो ।
आगमी फागुनको २९ र ३० गते हुने माउण्टेन एड्भोकेसी समिटमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रले भोग्नु परेका समस्या र चुनौतीको बारेमा छलफल गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रका बिज्ञहरुको सहभागिता रहने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८, २१:५०