काठमाडौँ । सभामुख अग्नि सापकोटाले दार्चुलाको ब्याँसमा तुइन चुँडिएर स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा सत्यतथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले तुइन चुँडिएको घटनाका बारेमा विचार राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
शुन्य समय सकिए लगत्तै सभामुख सापकोटाले तुइन चुँडिएर जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य छानविन गरेर प्रतिनिधि सभामा पेस गर्न सरकारको पनि ध्यानाकर्षण गराउनुभएको हो ।
यो पनि पढ्नुहोस्ः
दार्चुला तुइन घटनाको छानबीन गर्न गठित समतिको म्याद सात दिन थप
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८, १५:१९