कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ । छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो संख्यामा किट निर्माण गरिरहेको छ | १०० भन्दा धेरै कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।
-त्यस्तै चीनमा यसको महामारी नियन्त्रणमा आइसकेको छ | चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी रुपमा आपूर्ति गरिरहेको छ ।
-कोरियामा संक्रमितको ग्राफ फ्ल्याट भएको छ । अर्थात घटिरहेको छ । जापानले संक्रमणलाई आफ्नो नियन्त्रणमा राखेको छ ।
-इजरायलका बैज्ञानिकले कोरोना विरुद्धको खोपमा ठूलो प्रगति गरेका छन् ।
-चीनमा ८६ बर्षदेखि १०३ बर्षका बिरामी पनि ठिक भएर डिस्चार्ज भएका छन् ।
-भारतमा पनि ८६ बर्षका बिरामी जसलाई सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी निको भएर घर फर्किएका छन् ।
-युरोप र अमेरिकामा निको भएर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ ।
-नेपालमा ७ प्रदेशबाट नै कोरोना संक्रमणको परिक्षण भइरहेको छ ।
- अहिलेसम्म संक्रमित ५ जनामध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जनाको अवस्था सुधारोन्मुख छ । सरकारले लक डाउनलाई प्रभावकारी बनाएको छ ।
- उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले नियन्त्रणमा राखेको छ, त्यस्ता ९५ % बिरामी निको भएर फर्किएका छन् ।
- हाल मृत्यु भएका ३८ हजार मध्ये अधिकांश व्यक्ति किड्नी फेल भएका, क्यान्सरको अन्तिम चरणका, एचाइभी /एड्सको औषधिले काम गर्न छोडेका तथा Immunosupressant रोग भएका छन् ।
कोरोना संक्रमण नफैलिएको भए पनि उनीहरुमध्ये ५० % को मृत्यु नाजुक स्वास्थ्यको कारण हुने थियो ।
-हामी नागरिक चेतनशील भएका छौं | १ महिना यो कहर काट्यौं भने हामीले कोरोनालाई जित्नेछौं ।